पाल्पामा भएकाे जीप दुर्घटनामा एकै परिवारका ६ जनाकाे मृत्यु
दशैंका अवसरमा घुमफिरका लागि पाल्पाको रानी महल पुगेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका ६५ वर्षका कृष्णबहादुर लाेहनी सहित परिवारका ६ जनाकाे उक्त दुर्घटनामा मृत्यु भएकाे हाे ।
कृष्णबहादुरका छाेरा जिप चालक ईश्वरबहादुर लोहनीकाे दुर्घटनामा सख्त घाइते अवस्थामा उपचार भइरहेकाे छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा कृष्णबहादुरकी श्रीमती पार्वती लाेहनी, बुहारी सबिना धिताल, सम्धिनी चुनु धिताल र नातिहरू ईसव लोहनी र सबिस लोहनी रहेका छन् । चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
लाेहनी परिवार सामाजिक कार्यमा क्रियाशील भएकाे कुमार बस्ती शाेकाकूल बनेकाे छ ।
Facebook Comments

