प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा आज बस्दै छ । आइतबार संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

मन्त्री साउदले “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०“ र “भन्सार विधेयक, २०८०“ लाई पेस गर्नुहुनेछ ।

साथै सभामुखले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले संसदमा गर्ने सम्बोधन सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाएको कार्यभार तोकिएको सम्बन्धी पत्रहरु पढेर सुनाउने कार्यसूची रहेको छ । 

आजकै बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेसगर्ने बताइएको छ ।

Facebook Comments