बनेपा ९ का वडाध्यक्ष घुस लिएकाे आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ गरेकाे छ ।

बादेलाई आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट १५ लाख घुस रकम सहित पक्राउ गरेकाे जनाएकाे छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको हाे ।

साेही क्रममा स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा अख्तियारकाे टाेलीले नियन्त्रणमा लिएकाे छ ।

Facebook Comments