सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च भूभागमा हिमपातकाे संभावना
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ।
साेमबार दिउँसाे सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे माेसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। काठमाडाैंमा चिसाे बढेकाे छ ।

