गण्डकीमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा !

गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभाका ३० सदस्यकाे मत पाएकाे भन्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएकाे छ ।

आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नुभएकाे हाे ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिने भएपनि धितालले ३० मतलाइ नै विश्वासकाे मत पाएकाे घाेषणा गर्नुभयाे ।

मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले समर्थन जनाएका थिए ।

सभामुखले ३० मत प्राप्त गर्नुभएका मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत प्राप्त भएकाे बताएपछि कांग्रेस भने सर्वाेच्च जाने भएकाे छ ।

नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।

सभामुखले ३० लाई नै बहुमत मानेर विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि नेपाली कांग्रेसका सांसदले नाराबाजी गरेका थिए ।

Facebook Comments