त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा देखिएकाे छ । चर्किएकाे देखिएपछि उडान तथा अवतरण १ घण्टाभन्दा बढी समय बन्द भएकाे थियाे ।
विमानस्थलको धावनमार्ग चर्किएपछि पछि बिहीबार साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरूद्ध भएको विमानस्थल कार्यालयले जनाएकाे छ ।
मर्मतपछि सबै उडान तथा अवतरण सूचारू भएकाे थियाे । विमानस्थलकाे धावनमार्गमा यसअघि पनि (क्य्राक) चिरा देखिएका कारण उडान अवरूद्ध हुने गरेकाे थियो।
Facebook Comments

