स्याङ्जा र बागलुङमा पहिराे, २ जनाकाे मृत्यु, २ जना बेपत्ता

स्याङ्जा र वागलुङमा पहिरोले घर पुरिँदा २ जनाकाे मृत्यु भएकाे छ २ जना वेपत्ता भएका छन् ।

गएराति साढे ११ बजे  स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित  दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०/२५ मिटर माथिबाट पहिरो खसेको थियो।

पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको र एउटा भैँसी मरेकाे प्रहरीले जनाएको छ ।

उता वागलुङको गलकोट नगरपालिका-८ काँडेबासको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र निजकी श्रीमती ५० वर्षीया वसन्तीकाे शुक्रबार राति पहिरोमा पुरिएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments