मनसुनः भारी वर्षा हुने, पूर्वका १३ जिल्ला उच्च जाेखिममा
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनुसन सक्रिय भएकाे र अवका केही दिन भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने जनाएकाे छ ।
बिगत केही दिन देखि मनसुन न्यून चापिय रेखाका कारण मनसुन सक्रिय हुन थालेको जनाउँदै महाशाखाले अवकाे हप्ता भारी वर्षा हुन सक्ने भन्दै सतर्कताको लागि आज यस विशेष बुलेटिन जारी गरेको छ।
महाशाखाका अनुसार मिति २०८१-०३-१७ गते सोमबार देखि मिति २०८१-०३-२० गते बिहीबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
साथै कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार देखि मिति २०८१-०३-२० बिहीबारसम्म भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने मशाखाल
यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन अनुरोध छ ।

