ट्राफिक सचेतनाका लागि लायन्स क्लव अफ पाेखरा काेरिया रिटर्नीकाे हाेर्डिङ बाेर्ड
लायन्स क्लव अफ पाेखरा काेरिया रिटर्नीले पाेखरामा ट्राफिक सचेतनामूलक बाेर्ड लगाएकाे छ । पर्यटकीय नगरी पाेखरामा हार्दिक स्वागत छ लेखिएकाे साे बाेर्डमा ट्राफिक नियम पालना गर्न अनुराेध गरिएकाे छ ।
ट्राफिक नियम पालना नगरेमा लाज मान्नुपर्ने बाेर्डमा लेखिएकाे छ । बाेर्डमा लागू औषध प्रयाेग नगर्न, चेलीबेटी बेचबिखन गर्न नहुने तथा सवारी हाँक्दा गति ख्याल गर्नुपर्ने कुरा उल्लेख छ । पाेखराका मुख्य तीन प्रवेश नाका स्याङ्जा र कास्कीकाे सीमाना कुविण्डे, हेम्जाकाे सुईखेतमा र काेत्रेमा बाेर्ड लगाइएकाे छ ।
वैदेशिक राेजगारका सिलसिलामा काेरिया वसेर फर्केका पाेखरेलीहरुकाे समुहले सामाजिक उत्तरदायित्वमा आफ्नाे उपस्थिति जनाउनका लागि इश्वर बहादुर केसीकाे अध्यक्षतामा लायन्स क्लव अफ पाेखरा काेरिया रिटर्नीकाे स्थापना गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तगर्गत हाेर्डिङ बाेर्ड टाँसिएकाे लायन्स क्लव अफ पाेखरा काेरिया रिटर्नीका सदस्य कमल मल्लले जानकारी दिनुभयाे ।
साथै क्लवले बर्षायाम हुन सक्ने विपत्तिका घटनामा सहयाेग गर्नका लागि रेस्क्यु टिम तथा फुड बैंक संचालन गर्ने जनाएकाे छ ।

