गाेरखा पहिराे अपडेटः २ जनाकाे उद्दार

गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ । 
पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको प्रहरीले जनाएकाे छ ।

प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार ‘पहिरोमा ५ जना परेका र २ जनाको जीवितै उद्धार भएको भनिएको छ ।’ 

माछीखोला र लाप्राकबाट प्रहरी घटनास्थलतर्फ गएको छ । ‘घटना भएको थाहा पाएपछि टोली परिचालन भएको छ,’ उहाँले भन्नभयाे, ‘प्रहरी पुगेपछि विस्तृत जानकारी आउँछ ।’

Facebook Comments