मन्त्रालयका समस्या र भावी रणनीतिबारे प्रधानमन्त्री समक्ष ब्रिफिङ
मंगलबार प्रधानमन्त्रीले निर्देशन दिनुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिनुभएकाे छ ।
आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिनुभएको हाे । मन्त्री र सचिवहरूले मन्त्रालयका काम कार्वाही बारेमा ब्रिफिङ गरेका थिए ।

खानेपानीमन्त्री प्रदीप यादवका अनुसार अहिलेको वर्तमान मन्त्रालयको अवस्था कस्तो छ र आगामी रणनीति के हो त ? त्यो बुझ्नका लागि प्रधानमन्त्रीज्यूले आज सबै मन्त्री र सचिवहरुलाई बोलाउनु भएको हाे ।
सचिवहरूले मन्त्रालयका समस्या, ऐन,र भावी रणनीति के हुने भन्ने कुराहरु राखेका थिए । प्रधानमन्त्रीले आवश्यक निर्देशन भने मंगलबार दिनुहुनेछ ।
Facebook Comments

