परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय समकक्षीवीच भेटवार्ता
परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय समकक्षी एस जयशंकरवीच भेटवार्ता भएकाे छ ।
भारतीय समकक्षीसँग भएकाे भेट फलदायी भएको परराष्ट्रमन्त्री राणाकाे भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’
परराष्ट्रमन्त्री राणाले साेमबार साँझ भारती प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटवार्ता गर्ने तय भएकाे बताइएकाे छ । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएकी राणाको यो पहिलो विदेश भ्रमण हो ।
Facebook Comments

