प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषदले सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उहाँलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुने भएपछि दाेस्राे वरियतामा रहनुभएका राउत प्रधानन्यायधीशमा सिफारिशमा पर्नुभएकाे हाे ।

राउतकाे नियुक्तिका लागि संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

Facebook Comments