सहकारीहरु कानुनसम्मत चलेका छैनन्ः संसदीय छानविन समिति

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेस गर्नुभयाे ।

प्रतिवेदन पेसपछि बैठकमा बोल्दै उनले अनुसन्धाबाट सहकारी विपरित, कानुन विपरित र इमान विपरित कार्य भइरहेको खुलेको बताउनुभयाे ।

यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस आफूहरुले गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयाे, ‘मान्छेका खाता, कार्य प्रणाली फेक छन् । सहकारी होइन् । सहकारी विपरितका क्रियाकलाप भइरहेका छन् । कानुन विपरित र इमान विपरित कार्य भइरहेका छन् । यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस गरेका छौं र समस्या समाधानको बाटो पहिल्याउँदै अविश्वासको अध्यारो छिचोलेर विश्वासको दियो बाल्ने हामीले हिम्मत गरेका छौं ।’

रवि लामिछानेकाे बिषयमा आफ्नै आफ्नै तर्क

राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेकाे बिषयमा भने आफ्नै आफ्नै व्याख्या गरेका छन् । प्रतिवेदन सार्वजनिक भएपछि साे पार्टीका नेताहरूले संसदीय छानविनमा क्लिन चिट पाएकाे बताएका छन् ।

अन्य राजनीतिक पार्टीका नेताहरूले भने सहकारी प्रकरणमा लामिछाने दाेषी देखिएकाे बताएका छन् । समितिकाे प्रतिवेदनमा सहकारीबाट रकम निकाल्ने सन्दर्भमा लामिछानेकाे भूमिकाबारे केही नबताएपनि गाेर्खा मिडियामा सहकारीबाट आएकाे रकम खर्च गर्नेबारे जिम्मेवार भएकाले कारवाहीकाे सिफारिस गरेकाे छ ।

Facebook Comments