सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने
सरकारले सत्तारूढ दलका तर्फबाट तयार पारिएकाे साझा संकल्प तथा नीतिगत प्रतिवद्दता मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयनमा लैजाने निर्णय गरेकाे छ ।
बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले साझा संकल्प कार्यान्वयन गर्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ जानकारी दिनुभयाे ।
साथै सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाउने निर्णष भएको पनि उहाँले जानकारी दिनुभयाे ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संसदले पठाएको उक्त प्रतिवेदन कार्यान्वयनका लागि अगाडि बढाउने निर्णय गरेकाे हाे।
सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिनुभएकाे थियाे ।
संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

