इरानद्वारा इजरायलमा मिसाइल हमला

इरानले इजरायलमा मिसाइल हमला गरेकाे छ । मिसायल हमलापछि इजरायलले इरानले ठूलाे गल्ती गरेकाे र त्यसकाे मुल्य चुकाउनुपर्ने प्रतिक्रिया दिएकाे छ ।

यसैबिच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन्। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।

यता इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताउनुभएकाे छ । इरानले आज ठुलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ नेतान्याहुकाे भनाइ थियाे ।

Facebook Comments