चीन भ्रमणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

 प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री लगायत सरोकारवालासँग छलफल गर्ने भएका छन् । 

ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । 

यसैवीच पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने सुझाव दिनुभएकाे छ ।  

यस्तै हाम्रो कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने उल्लेख गर्दै चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा भने उहाँकाे जाेड छ ।   

Facebook Comments