रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ । लामिछानेसहित ४ जनालाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराउन लागिएकाे हाे ।

रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।

अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

संगठित अपराधमा बढीमा ९० दिन हिरासतमा राख्न पाउने प्रावधान बमाेजिम अवकाे १० दिनभित्र लामिछाने सहितकाे अनुसन्धान सकेर अभियाेगपत्र अदालतमा पेश गर्नुपर्ने हुन्छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने सहितको मुद्धाकाे अभियोग पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ । लामिछानेमाथिकाे अभियाेग अनुसन्धानकाे क्रममा पुर्वाग्रह साँधेकाे भन्दै आलाेचना भइरहेकाे छ ।

Facebook Comments