अन्तरव्यवस्थापिका मञ्चले संघीयता एवं संविधान कार्यान्वयनमा पहल गर्ने

पाेखरा घाेषणापत्र जारी गर्दै अन्तरव्यवस्थापिका मञ्चको १०औँ सम्मेलन पोखरामा सम्पन्न भएको छ ।

सोमबारदेखि बुधबारसम्म भएकाे सम्मेलनपछि जारी गरिएकाे घोषणापत्रमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा पहल गर्ने उल्लेख छ ।

घोषणापत्रमा कानुनको कार्यान्वयन मापन एवं उत्तर विधायिकी परीक्षणको कार्य सरकारसँग समन्वय गरी संघ र प्रदेशमा सुरु गर्ने, यसका लागि सम्बन्धित सभाका नियमावलीमा व्यवस्था गर्ने, सरकारले सभामा पेस गर्ने नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता, पूर्वबजेट छलफल एवं संसदबाट अनुमोदित बजेट लगायतका बिषयमा अध्ययन एव) पहल गर्ने उल्लेख छ ।

त्यस्तै बजेटको खर्चसमेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद् सदस्यहरूलाई अनुसन्धानात्मक सेवा पुर्‍याउन संसदीय बजेट कार्यालयसम्बन्धी थप अध्ययन गरी स्थापना गर्ने कार्यका लागि सरकारसँग परामर्श गरी संघ र प्रदेश सभासँग सम्बन्धित ऐन तथा नियममा कानुनी प्रबन्ध गर्ने, यसको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने रहेको छ । 

यसअघि सम्मेलनमा सभामुख घिमिरे र उपसभामुखहरूकाे प्रस्तुति, बिभिन्न प्रतिवेदन, संसदीय समितिका गतिविधि सम्बन्धमा समेत साे अवसरमा छलफल भएकाे थियाे ।

Facebook Comments