प्रतिनिधिसभा बैठकः ५ वटा अध्यादेश स्वीकृत
भूमिसम्बन्धी अध्यादेश सरकारले नै गर्याे हाेल्ड
प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत भएका छन् । बुधबार बसेको बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश पेस भएकामा सदनले स्वीकृत गरेको हो।
जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ रहेका छन् ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा विपक्षी दलका सांसदहरूले भने अध्यादेश अस्वीकृत गर्न माग गरेका थिए । सत्तापक्षमा रहेका बहुमत सांसदहरूले अध्यादेशहरू स्वीकृत गरेका हुन् ।
बैठकमा भएको छलफलपछि उक्त अध्यादेशको पक्षमा बहुमत सांसदले स्वीकृत प्रदान गरेका हुन् ।
यद्यपि विपक्षी सांसदहरूले अध्यादेशको विपक्षमा मतदान गरेका थिए । अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत गर्नुपर्ने प्रावधान छ ।

