प्रेस चौतारी नेपालको महाधिवेशन विराटनगरमा सुरु

एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएकाे हाे। 

महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले बताएका छन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ । 

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । चौतारीको अध्यक्षका लागि  वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दावेदारी गरेका छन् ।

एमाले पार्टीले भने गणेश पाण्डेकाे नेतृत्वका लागि दबाब दिएकाे छ । राइ पक्षधरले भने निर्वाचनमा जाने अडान राखेकाे छ ।

Facebook Comments