संघीय संसदका दुवै सदनमा सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल

संघीय संसदका दुवै सदनमा सरकारले प्रस्तुत गरेकाे आगामी आ.व २०८२/८३काे वार्षिक नीति तथा कार्यक्रममाथिकाे छलफल जारी रहेकाे छ ।

मंगलबार संघीय संसदका दुवै सदनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाकाे बैठक मध्याह्न १२ः१५ का लागि बाेलाइएकाे छ ।

बैठकमा गत वैशाख १९ गते सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम जारी छ ।

साेमबारकाे बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएकाे थियाे । सरकाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा नयाँ केही नभएकाे र पूर्ववर्ती सरकारले ल्याएकाे महत्वपूर्ण याेजनाहरू हटाइएकाेमा प्रचण्डकाे असन्तुष्टी थियाे ।

Facebook Comments