सरकारकाे नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

संघीय संसदका दुवै सदनबाट सरकारकाे नीति तथा कार्यक्रम पारित भएकाे छ । आइतबार प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएकाे हाे ।

राष्ट्रियसभा तथा प्रतिनिधिसभामा सांसदहरूले सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिएका थिए । साथै विभिन्न संशाेधन प्रस्ताव समेत लगेकाे थिए ।

सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिनुभएकाे थियाे ।

त्यस क्रममा उहाँले नीति तथा कार्यक्रम सुशासन प्रवर्द्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित प्रस्तुत भएको बताउनुभएकाे थियाे ।

उहाँले सामाजिक सञ्जालको दुरूपयोग गरेर समाजमा अराजकतालाई राजनीतिक आचरणको रुपमा अगाडि बढाइएकोप्रति र जनताप्रति चिन्ता व्यक्त गर्दै प्राणलीमाथि गरिने प्रहारप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयाे।

Facebook Comments