बैतडीमा ५.१ रेक्टरकाे भूकम्प

सुदुरपश्चिम प्रदेशकाे बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले जानकारी दिनुभयाे । 

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ । 

Facebook Comments