युवा संघकाे महाधिवेशनः मतदान हुँदै

एमाले निकट युवा संघ नेपालकाे महाधिवेशन पाेखरामा जारी छ । महाधिवेशन अन्तर्गत साेमबार मतदान हुादैछ ।

आइतबार उम्मेदवारहरूकाे मनाेनयन सम्पन्न भएकाे छ । युवा संघमा यसअघिकाे कार्यकालमा अध्यक्ष रहेका छितिज थेबे र सुमन पुरीले प्यानलै बनाएर निर्वाचनमा हाेमिएका छन् ।

थेबे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षकाे र पुरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षकाे भनेर चर्चा छ ।

यसअघि हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउन माउ पार्टीले निर्देशन दिए पनि त्याे सम्भव हुन सकेन ।

युवासंघका पूर्व अध्यक्षहरू भानुभक्त ढकाल, महेश बस्नेत र हालका इन्चार्ज राजीव पहारी लगायतले सहमति बनाउन काेशिष गरेपनि पुरीकाे अडानले गर्दा सम्भव नभएकाे बताइएकाे छ ।  

थेबे समूहबाट उपाध्यक्षमा माहाराजा गुरूङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिव महिला निशा लिम्बू, सचिव खुलातर्फ मोबिन आलम, मदन भण्डारी, देबु बस्नेतले मनोनयन दर्ता गराएका छन् । पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले मनोनयन दर्ता गराएका छन् । महिला सचिवमा रेशु तामाङ र सचिव (मधेसी) मा चित्ररञ्जन यादव, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवरले उम्मेदवारी दिएका छन् । 

494687211_1223915895951212_669018775215937484_n

९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ पदमा निर्वाचन हुने छ । योबाहेक पनि लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको समेत मतदान हुनेछ । 

महाधिवेशनमा १ हजार ७ सय ५२ प्रतिनिधिले मतदान गर्ने छन् । मतदान सोमबार बिहान ८ बजेदेखि हुने कार्यतालिका छ । तर भोटिङ मेसिनमा नामावली मिलाउनुपर्ने र अन्य प्राविधिक कारणले दिनैभर समय लाग्ने बताइएको छ । जे होस्, मंगलबारसम्ममा युवा सघंको  अध्यक्ष निर्वाचित हुनेछन् । भोटिङ मेसिन सभागृहमा ल्याइसकिएको छ । 

494817033_725952416624521_6403778884494498801_n

Facebook Comments