गृहमन्त्रीकाे राजीनामा आउँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखककाे बचाउमा लाग्नुभएकाे छ ।
शनिबार राजधानीमा भएकाे एक कार्यक्रममा संबाेधन गर्ने क्रममा प्रधानमन्त्रीले संसद्मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताउनुभएकाे हाे ।
कर्मचारीले गरेकाे गल्ती कमजाेरीमा गृहमन्त्रीमाथि लान्छना लाउनु उचित नहुने भन्दै प्रधानमन्त्रीले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताउनुभयाे ।
साथै उहाँले विपक्षीहरूका राजीनामाकाे माग पूर्वाग्रहपूर्ण, निराधार र अनुचित भएको टिप्पणी समेत गर्नुभयाे ।
प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको भन्दै गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाे उल्लेख गर्नुभयाे ।
Facebook Comments

