माैसमः कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको

नेपालमा मनसुनकाे प्रभाव रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मध्यम वर्षा भएकाे छ ।

त्यस्तै आज विहीबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Facebook Comments