माैसमः मुलुकका केही स्थानमा मध्यम वर्षाकाे संभावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, जल तथा माैसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

महाशाखाले देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश को पहाडी भु-भाग लगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती देशभर साधारणतया बदली रहनेछ ।

त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Meteorological Analysis

Facebook Comments