नारायणगढ मुग्लिन सडक खण्डमा सवारी सञ्चालनमा राेक
शुक्रबार रातिदेखि नै अविरल वर्षात भइरहेकाले ट्राफिक प्रहरी चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार तुइन खोलामा पहिरो, केही स्थानहरूमा ढुङा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई चितवनस्थित राजमार्गमा सवारी आवामन बन्द गरिएको छ ।
चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार खोलामा अहिले बाटो एकतर्फी छ । तर ढुंगा खस्न नरोकिएपछि शनिबार बिहानैबाट सवारी सञ्चालनमा रोक लगाइएको चितवन ट्राफिकले जानकारी दिएको हो ।
यस अघि सडक डिभिजन कार्यालय भरतपुरले सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न सूचित गरेकाे थियाे ।
सामाजिक सञ्जालमा प्रेसित सूचना अनुसार मुग्लिन-नारायणगढ सडक खण्डमा पानी परिरहेको छ, तुईन खाेला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी संचालनमा रहेकाे छ ।
पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नुहुन यात्रा गर्नुपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्नुहुन हार्दिक अनुराेध गर्दछौं ।
मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खाेला नजिकै खसेको पहिरो हटाई हाल सवारी सञ्चालन भैसकेको छ ।

