तिहारमा माैसमः पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातकाे संभावना

यस वर्षकाे तिहारमा उल्लखनीय माैसम प्रणालीकाे प्रभाव नरहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कात्तिक १ मा माैसम पूर्वानुमान तिहार विशेषा माैसम बुलेटिन जारी गर्दै महाशाखाले पहाडी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा हुन सक्ने जनाएकाे छ ।

त्यस्तै महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा हल्का वर्षा सहित हिमपातकाे संभावना रहेकाे उल्लेख गरेकाे छ ।

Facebook Comments