आन्दाेलन घाेषणाले सरकारलाई चुनाैति

चाडपर्व पछि विभिन्न समूहले आन्दाेलन घाेषणा गरेका कारण सरकारले दबाव महशुस गरेकाे छ । दुर्गा प्रसाइँ लगायतका समूहले आन्दाेलन घाेषणा गरेकाले सरकारले दबाव महशुस गरेकाे हाे ।

खास गरी प्रसाइँकाे समूहले भाडाका मान्छे उतार्न सक्ने आंकलन सुरक्षा निकायले गरेकाे छ । त्यस्तै राजनीतिक दल, जेनजीकै असन्तुष्ट पक्षले गर्न सक्ने प्रर्दशनले सरकारमाथि दबाब बढेकेा हाे ।

गत भाद्र २३ र २४काे आन्दाेलनमा सहिद भएका एवं घाइतेहरूलाई चित्त बुझाएर निर्वाचन गराउने कार्य सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारकाे मुख्य काम हाे । तर सरकार गठनकाे महिना दिन बढी हुँदा समेत सरकारले राजनीतिक दलहरू एवं आन्दाेलनरत पक्ष दुवैकाे विश्वास जित्न सकेकाे छैन ।

यसैवीच शनिबार बालुवाटारमा वर्तमान सुरक्षा अवस्थाबारे आवश्यक कदम चाल्न उच्चस्तरीय बैठक बसेको थियाे ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। 

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण राखेका थिए ।

साे छलफलमा समेत प्रसाइँ समूहले गर्ने प्रर्दशन र संभावित घुसपैठबारे छलफल भएकाे थियाे ।

प्रसाइँले संविधान नमान्ने, राष्ट्रपति, प्रधानमन्त्री लगायतका विद्यमान सरकारका उच्च तहका व्यक्तिहरू हटाउने लगायतका अभिव्यक्ति दिंदा सर्वसाधरणमा समेत त्रासकाे वातावरण सिर्जना हुने अवस्था छ ।

साेही बैठकपछि गृहमन्त्रालयले प्रर्दशन लगायतका कार्यक्रम नराख्न र संवादबाट समस्याकाे समाधान खाेज्न अनुराेध गरेकाे छ ।

Facebook Comments