नारायणघाट सडक खण्ड अन्तर्गत तुइनखोलामा पहिरो, सवारी आवागमन भने सञ्चालनमा

नारायणघाट सडक खण्ड अन्तर्गत तुइनखोलामा पहिरो खसेपछि अहिले बाटो दुवै तर्फ सडक पहिराे हटाएपछि सञ्चालनमा आएकाे छ । सडक डिभिजन कार्यालयका अनुसार मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन केहीबेर अवरुद्ध भएको थियाे ।

सडक अहिले संचालनमा आएको छ । ढुंगाहरू झर्ने क्रम राेकिएकाेले मेशिनकाे प्रयाेग गरि पहिराे हटाउने कार्य सुचारू भैरहेको छ ।

वर्षातकाे समयमा यस क्षेत्रमा पहिरोकाे उच्च जाेखिम भएकालेे सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ ।

Facebook Comments