विद्युत् बक्यौता राष्ट्रिय सराेकारकाे मुद्दा

विगतमा राजनीतिक हस्तक्षेप

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताउनुभएकाे छ ।

उहाँले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भएकाे तर प्राय उद्योगहरूले पहिलाे किस्ता तिरिसकेकाले अव सो समस्या नयाँ चरणमा प्रवेह गरेकाे उल्लेख गर्नुभएकाे छ ।

मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ – ‘विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । ‘

नेपाल विद्युत् प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको तर्क मन्त्री घिसिङकाे छ ।

Facebook Comments