नबौ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन सम्पन्न
पोखरामा नबौ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन सम्पन्न भएको छ । काठमाण्डौ बाहिर पहिलो पटक पोखरामा शुक्रवार र शनिवार गरि दुई दिन आयोजना गरिएको सम्मेलनमा नेपालसगै चीन, ताइवान, जापान लगायतका देशका गरि एक सय ५० जना सम्बन्धित बिषयका बिज्ञ चिकित्सकहरुको सहभागतिा रहेको थियो ।
अर्थोडेन्टिक एशोसिएसन गण्डकीको आयोजनामा भएको कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यस अघि प्रयोग गरिएका विषय सगै यस्का सम्वन्धमा भएका नयाँ उपचार विधी सगै अन्य बिषयमा केन्द्रित रहेर तयार पारिएको विभिन्न ७० वटा कार्यपत्र प्रस्तुत सगै सहभागिहरुले आ आफनो अनुभव समेत आदान प्रदान गरेका थिए ।
कार्यक्रममा अर्थोडेन्टिक तथा डेन्टोफेसियल सम्बन्धी बिभिन्न बिषय बस्तु माथि छलफल सगै अन्तक्र्रिया समेत भएको थियो । साथै सम्मेलनमा सहभागिहरुलाई लक्ष्ति गदै अर्थोडेन्टिक सँग सम्बन्धित रहेर गण्डकी मेडिकल कलेजमा प्रयोगात्मक कक्षा समेत संचालन गरिएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा एसिया प्यासिफिक अर्थोडेन्टिक सोसाईटी का अध्यक्ष प्रो. जाउ, अर्थोडेन्टिक एंव अर्थोपेडिक सेसाईटी ताइवानका अध्यक्ष प्रो. जोनसन, अर्थोडेन्टिक एशोसिएसन नेपालका अध्यक्ष प्रा डा रविन्द्रमान श्रेष्ठ, कार्यक्रम संयोजक डा अन्जना कर्माचार्य, डा विमल पन्थी, लगायतले सम्बन्धित बिषयका विभिन्न आयामहरु आफ्ना भनाई राख्नुभएको थियो ।
यसअघि शुक्रवार सम्मेलनको उद्घाटन गदै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा.बुद्धि बहादुर थापाले पोखरामा यस प्रकारको सम्मेलन हुनु पोखराको लागि गौरवको विषय रहेको बताउनुभयो ।

