रास्वपा सभापति लामिछाने चितवन २ मा विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ ।

लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँकाे निकटतम् प्रतिद्वन्दीसँग ३९ हजार ४६८ काे मतान्तर रहेकाे छ ।

लामिछानेको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभयाे ।

यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत हाँसिल गर्नुभयाे । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो ।

लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे ।

Facebook Comments