प्रतिनिधिसभामा निर्वाचित ज्येष्ठ सदस्यकाे सपथ आज

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

समानुतपातिक निर्वाचन प्रणाली अनुसार नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउन लागिएकाे हाे ।

संराष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

संवैधानिक प्रावधान अनुसार ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष र ज्येष्ठ सदस्यले सपथ लिएपछि प्रतिनिधिसभामा निर्वाचित सांसदलाई सपथ गराउनुपर्ने प्रावधान छ ।

साेही प्रावधान बमाेजिम भाेली चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ। 

Facebook Comments