बालेन्द्र शाह रास्वपाकाे बरिष्ठ नेता, पदाधिकारी सम्मिलित सचिवालय गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा चयन गरेकाे छ । साथै हाल पदाधिकारी रहेका सात नेताको पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम सचिवालय गठन गर्ने निर्णय गरेको हो।

गठित सचिवालयमा सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् ।

बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

साथै, महाधिवेशनको समीक्षा, विभागीय कार्यविधि पारित, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि भदौ १ गतेदेखि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग नियमित संवाद गर्ने निर्णय गरेको महासचिव विपिन कुमार आचार्यले जानकारी दिनुभएकाे छ।

Facebook Comments