पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

इन्धनकाे मूल्यमा उच्च वृद्धि भएपछि सरकारले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मध्यपूर्वको तनावका कारण कच्चा तेलको मुल्यमा उच्च वृद्धि भएकाे छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद मंगलबारको बैठकले कर छुट दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद निर्णय अनुसार सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार कर दुवैमा ५० प्रतिशत छुट दिने छ । यसले आयल निगममाथिको राजस्व भार कम पर्नेछ।

निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर २५ रूपैयाँ भन्सार शुल्क छ। यो छुटसँगै अब साढे १२ रूपैयाँ पर्नेछ। 

त्यस्तै, डिजेलमा प्रतिलिटर १२ रूपैयाँ भन्सार शुल्क लाग्छ, जुन अब ६ रूपैयाँमा झर्नेछ।

भन्सार शुल्क सँगसँगै पूर्वधार करमा समेत ५० प्रतिशत छुट दिने मन्त्रिपरिषदको निर्णय छ। अहिले पूर्वाधार कर प्रतिलिटर १० रूपैयाँ रहेकोमा यसलाई घटाएर ५ रूपैयाँ कायम गरिएको छ ।

Facebook Comments