पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
नेपाल आयल निगमले आज (बिहीबार) राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ तथा डिजेल मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरेको हो ।
अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने निगमले जनाएकाे छ।
बढाइएकाे मुल्य अनुसार काराेबार सुरू भइसकेकाे छ ।


Facebook Comments

