श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत गराइयाे
प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएकाे छ ।
पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई मन्त्री नियक्त भएकाे १३ दिनमै पदमुक्त गर्नुभएकाे हाे ।
पार्टी सभापति रवि लामिछानेले मन्त्री साहबाट पदीय मर्यादाको दुरुपयोग भएकाे, रास्वपाका विधानविपरीत पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डमा नियुक्ति गरेकाले फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएपछि पदमुक्त गरिएकाे हाे ।

यसैगरी, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराइएकाे छ ।
Facebook Comments

