मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक
सरकारले मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक गरिएकाे हाे ।

यस अगाडि सुशीला कार्की नेतृत्वकाे सरकारले सम्पत्ति विवरण सरकारलाई बुझाएका मात्र थिए सार्वजनिक गरेकाे थिएन ।
रास्वपाले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको थियो ।
पहिले पदमा बसेकाहरूको सम्पत्ति समेत सार्वजनिक गर्ने सरकारको निर्णय रहेकाले उनीहरुले विवरण बुझाएर सार्वजनिक गरेका हुन् ।

भ्रष्टाचार निवारण ऐजमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ भएपनि विवरण सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता भने रहेकाे छैन ।
आइतबार सार्वजनिक भएका मन्त्रीहरूका सम्पत्ति विवरण हेर्दा अधिकांश मन्त्रीहरूको आर्थिक अवस्था उच्च र केहीको मध्यम देखिएको छ । प्रधानमन्त्री लगायत धेरै मन्त्रीहरूसँग प्रशस्तै सुन, नगद र जग्गाजमिन र शेयरमा समेत प्रशस्तै लगानी देखिनछ ।
१. प्रधानमन्त्री बालेन: सुन १९० तोला,
२. अर्थमन्त्री स्वर्णीम: सुन ८५ तोला,
३. गृहमन्त्री सुदनः सुन ८९ तोला, चाँदी ६ किलो,
४. उद्योगमन्त्री गौरीकुमारीः सुन १८० तोला, चाँदी २ किलो,
५. महिला मन्त्री सिता बादीः.सुन १८ तोला, चॉदी १५ तोला
६. शिक्षामन्त्री सस्मित पोखरेल २५ तोला सुन र १०० तोला चाँदी।
७. श्रममन्त्री रामजी यादव सुन ८० तोला, चॉदी १५० तोला
८. कानुन मन्त्री सोबिता गौतम १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा।
९. सामान्य मन्त्री मनप्रतिभा रावल २५ तोला सुन,
१०. परराष्ट्रमन्त्री शिशिर खनाल : सुन २२ तोला चाँदी २५ तोला
११. उर्जामन्त्री विराज भक्त श्रेष्ठ : सुन १५ तोला, चादी ५० तोला( हिरापनि )
१२. भौतिक मन्त्री सागर लम्साल : सुन ३० तोला, चाँदी ५० तोला
१३. स्वास्थ्यमन्त्री निता मेहता : सुन ३० तोला, चाँदी ३५ तोला, हिराको औंठी
१४. पर्यटनमन्त्री गनेश पौडेल : सुन ११ तोला, चाँदी ५ तोला
१५. सञ्चारमन्त्री बिक्रम तिमल्सिना : सुन ७ तोला, चाँदी १० तोला
१६. कृषिमन्त्री गीता चौधरी : ५ तोला सुन, १०० तोला चाँदी

