माैसमः हिमाल र पहाडका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मंगलबार दिउँसाे कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार देशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई  स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

महाशाखाले मंगलबार राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती,  गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

Facebook Comments