मुलुकका केही स्थानमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे संभावना, पश्चिम तराईमा गर्मी हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसाे कोशी प्रदेश लगायत बाँकी  हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेश लगायत बागमती र गण्डकी  प्रदेशका तराई भू-भागमा आंशिक बादल र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा एवं हिमपात सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार मंगलबार राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल, मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

रातकाे समयमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ। 

Facebook Comments