माैसमः चार प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।

महाशाखाले मधेस प्रदेशमा आंशिक बादल लागेको र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएकाे छ । 

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जनाएकाे छ ।

कोशी प्रदेशका केही स्थानहरू,  देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थान तथा मधेश प्रदेशकाे एक-दुई स्थानमा मेघगर्जनकाे एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

आइतबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपात तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Facebook Comments