सिंहदरबारमा सर्वदलीय बैठक
सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे हाे ।
सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली काग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वणिम वाग्ले, नेपाली काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत उपस्थिति छन् ।
सुनसरीको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल गर्ने तयारी छ ।
सुनसरी घटनाका कारण थप सामाजिक एवं धार्मिक द्वन्द बढ्न दिन नहुने दलहरूले यसअगाडी नै उल्लेख गरेका छन् भने घटनाकाे छानविन र दाेसीमाथि कार्वाहीकाे माग पनि गरेका छन् ।

