रास्वपाकाे आह्वानमा सर्वदलीय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज(बुधबार) सर्वदलीय बैठक बस्दैछ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार भोलि बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्न लागेको हो।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने रास्वपाले जनाएको छ ।

विपक्षी दलहरूले संयन्त्र गठनमा सरकारकै तर्फबाट पहलकदमी हुनुपर्ने बताएपनि रास्वपाले त्यसकाे अग्रता लिन लागेकाे हाे । दलहरूले सरकारले विपद् व्यवस्थापनमा राजनीतिक दल तथा तीन तहका सरकारवीच समन्वयमा कमजाेरी गरेकाे बताउँदै आएका छन् ।
Facebook Comments

