विभिन्न जिल्लाहरुमा भाेलीसम्म सवारी आवागमन बन्द
राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाेलीसम्म विभिन्न जिल्लामा यातायात सन्चालनमा राेक लगाएकाे छ ।
नक्सामा राताे रंगले संकेत गरिएका २५ जिल्लाहरूमा धेरै भारी तथा अति भारी वर्षाका कारण जोखिम धेरै हुने भएकाले भाेलीसम्म सवारी साधन सन्चालनमा पूर्ण रूपमा राेक लगाइने छ।
त्यस्तै सुन्तला रंगले संकेत गरिएका जिल्लाहरुमा रातको समयमा बन्द गर्ने, दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले निर्णय लिन प्राधिकरणले उल्लेख गरेकाे छ ।
त्यस्तै पहेँलो रंगले संकेत गरिएका जिल्लाहरुमा सतर्क हुन प्राधिकरणले अनुराेध गरेकाे छ ।

Facebook Comments

