भुटानकाे बाढीले सौर्य सिँचाइ प्रणालीमा क्षति

गासा जिल्लाको छाचु क्षेत्रमा ठूलाे क्षति

 भुटानमा गएराति एक्कासी ठूलो बाढीले गासा जिल्लाको छाचु क्षेत्रमा ठूलाे क्षति गरेकाे छ। एक्कासी बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ ।

मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा पनि क्षति पुर्‍याएको छ ।

भुटानको पुनाखास्थित गुमा गेवोगअन्तर्गत दोछुखा–जोमलिङथाङ–रित्सा चिवोगमा रहेको सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीमा मो छू नदीमा आएको आकस्मिक बाढीले आंशिक क्षति पुर्‍याएको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार क्षतिको पूर्ण विवरण भने अझै संकलन हुन बाँकी छ।

यसैबीच, आकस्मिक बाढीसँगै बगेर आएको ढुङ्गा, माटो तथा अन्य फोहोरले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्डसमेत पुरिएको छ।

यो बाढी गासा जिल्लास्थित लाया गेओगको लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा रहेकाे सिन्ताफु हिमताल विस्फोट भएर आएको आशंका गरिएको छ ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सेना, कर्मचारी र स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी तथा गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको तथा गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी र आगन्तुकलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

तस्वीर तथा समाचार स्राेतः भुटान ब्राेडकास्टिङ सर्भिसकाे फेसबुक पेज

Facebook Comments