मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
सडकखण्डको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना, पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार आकाशे पुलको गर्डर राख्ने कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न उक्त अवधिमा सडक बन्द गर्न लागिएको हो।

सडक बन्द रहने समयमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने आयोजनाले जनाएको छ।
आयोजनाले सवारी चालक तथा यात्रुलाई सडक बन्द रहने अवधिमा धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
साथै जिल्ला प्रशासन कार्यालय धादिङले पनि सूचना निकालेर सडक बन्दबारे जानकारी दिएकाे छ ।



