अमेरिकी मध्यावधि निर्वाचन : पराजित भए विधेयहरूमा भिटाे प्रयाेग गर्ने राष्ट्रपति ट्रम्पकाे चेतावनी

अमेरिकी कंग्रेसको माथिल्लो सदन (सिनेट) को नियन्त्रण कसको हातमा पुग्नेछ भन्ने छिनोफानो गर्न आज देशभर मतदान भइरहेको छ। 

सन् २०२६ को यस मध्यावधि निर्वाचनमा ५ करोड ६० लाखभन्दा बढी मतदाताले यसअघि नै अग्रिम मतदान (अर्ली भोटिङ) गरिसकेको भए पनि आज भने विभिन्न राज्यका मतदान केन्द्रहरूमा मतदान हुन लागेको हो ।

नयाँ सर्वेक्षणहरूले डेमोक्र्याटहरू सिनेटमा बहुमतको नजिक पुगेको देखाइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीले कंग्रेस जितेमा आफूले उनीहरूका हरेक विधेयकमा ‘भिटो’ प्रयोग गर्ने चेतावनी दिनुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचन अभियानको अन्तिम चरणमा रिफ्लेक्टिङ पुलमा सम्बोधन गर्दै उहाँले भिटो लगाउने चेतावनी दिनुभएकाे हाे ।

यसैवीच अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियामा सम्भावित रूपमा हजारौँ गैरनागरिकले मतदान गरेको दाबी गर्दै त्यस्ता मतपत्र रोक्नुपर्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार गरेको छ।

अमेरिकी न्याय विभागले गैरनागरिकले मतदान गरेको हुन सक्ने भन्दै क्यालिफोर्नियाका सम्भावित मतपत्र रोक्न माग गरेको थियो । तर सर्वोच्च अदालतले प्रशासनको आकस्मिक निवेदन दर्ता भएको केही घण्टामै त्यसलाई खारेज गरिदिएको हो ।

Facebook Comments